पाटन उच्च अदालतका उप–रजिस्ट्रार पराजुलीको निधन

पाटन उच्च अदालतका उप–रजिस्ट्रार पराजुलीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– उच्च अदालत पाटनका उप–रजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ ।

पराजुलीको मंगलबार बिहान निधन भएको अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।

मंगलबार बिहान नुहाउन बाथरुम गएका बेला उनी अचेत भएका थिए ।

परिवारले तत्काल भक्तपुर अस्पताल लगेकामा चिकित्सकले केही समयपछि मृत घोषण गरेका थिए ।

पराजुलीलाई हृदयघात भएको आशंका गरिएको छ । पराजुलीको हिन्दू धार्मिक परम्पराअनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

यसैबीच पराजुलीको निधनको शोकमा उच्च अदालतका मंगलबारका लागि तय भएका सबै सुनुवाई स्थगन भएको छ ।