पोखराको उत्तमचोकमा गोली चल्यो,एकजना घाइते


पोखरा – पोखराको उत्तम चोकमा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर गोविन्द थापा घाइते भएका छन् ।  उनको खुट्टामा गोली लागेको छ । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेपछि बल प्रयोग गर्नुपरेको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन। र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापा यसअघि लागु औषध ओसार पसार गरेको आरोपमा दुबईमा पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement