काठमाण्डु–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र सो अभिव्यक्ति संसदको अखिलेखबाट हटाउनुपर्ने माग राखेर विपक्षीले विरोध जारी राखेपछि मंगलबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले प्रधानमन्त्रीले सीमबारे दिएको अभिव्यक्ति पुष्टि गर्नुपर्ने वा फिर्ता लिएर माफी माग्नुपर्ने माग राखेर लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
मंगलबार पनि सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ भएको बताएलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरे ।
प्रतिपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख अर्यालले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगन गरेका छन् ।




प्रतिक्रिया