प्रधानमन्त्रीले देश बनाउने तीन जनाको जम्बो टोली घोषणा गरिसक्नुभएछः युवराज दुलाल

प्रधानमन्त्रीले देश बनाउने तीन जनाको जम्बो टोली घोषणा गरिसक्नुभएछः युवराज दुलाल


काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले तीन जनाको देश बनाउने टोली घोषणा गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यंग्य गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले बालेनले आइतबार साँझ र राति सामाजिक सञ्जालमा गरेका दुई पोष्टबारे व्यंग्य गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीले देश बनाउने तीन जनजाको जम्बो टोली पनि घोषणा गरिसक्नुभएको छ । अब पक्कै पनि प्रधानमनत्रीज्यूलाई केही फुर्सद पनि भयो होला’, दुलालले भने, ‘सदनमा आएर जनताका जल्दाबल्दा टेम्पु गुल्टाएका, कारणहरु, घरका छानामा ढुंगा हानेका कारणहरु, हाम्रा उद्योगहरु बन्द हुन लागेका कारणहरुको जवाफ दिए यो सदनमा जनताले राहतको अनुभूति गर्थे भन्ने हामीलाई लागेको छ ।’

प्रधानमन्त्री शाहले आइतबार साँझ आफूसहित गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्लासको तस्बिर पोष्ट गर्दै देश बनाउने टोली लेखेका थिए । त्यसबारे सञ्जालमा टिकाटिप्पणी भएपछि उनले साताभर काम गरेपछि बिदामा आफूले ठट्टा गर्ने गरेको जवाफ दिएका थिए ।