फेडेरर र जोकोभिक विम्बल्डनको अन्तिम ३२ मा


सिड्नी-  रोजर फेडेरर र नोभाक जोकोभिक विम्बल्डन २०१७ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । विहीबार भएको खेलमा जित हसिल गर्दै उनीहरुले दोस्रो चरण पार गरेका हुन् ।

 अहिले आठौं उपाधिको खोजीमा रहेका फेडेररले डुसन लाजोभिकलाई पराजित गरेका छन् । उनले ७–६९७–००,६–३ र ६–२ को सोझो सेटमा जित हासिल गरेका हुन् । जोकोभिकले पनि विहीबार नै भएको खेलमा एडल पाभ्लासेकलाई ६–२,६–२,६–१ को सोझो सेटमा पराजित गरेका हुन् ।

स्वीस खेलाडी फेडेरर र सर्वियन जोकोभिकले विहीबार आफ्नो पहिलो जित हासिल गरेका हुन् । पहिलो खेलमा विपक्षी खेलाडी चोटको कारण बाहिरिएकोले उनीहरु दोस्रो चरणमा पुगेका थिए ।

विहीबारको खेलमा जोकोभिकले भने केवल ९० मिनेटमा जित हासिल गरेका हुन् । उनले एक सय ३६ औं वरीयतामा रहेका चेक गणतन्त्रका खेलाडीलाई पराजित गरेका हुन् । तीन पटकको विजेता जोकोभिकले पहिलो पटक विम्बल्डनमा सहभागिता जनाएका खेलाडीमाथि जित हासिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement