बालेनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नेकपा सांसदको माग

बालेनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नेकपा सांसदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले मुलुकको सार्वभौमिकता खण्डित हुने गरी प्रधामनन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेका छन् ।


प्रधानमन्त्री शाह आइतबार आकस्मिक रुपमा सांसदको प्रश्नको जवाफ दिन संसदको रोष्ट्रममा उभिएका थिए ।

उनले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालका तर्फबाट पनि भारतीय भूमि अतिक्रमण भएको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्ति संविधान र सार्वभौमसत्ताविरुद्ध भएकाले संसदको अखिलेखबाट हटाउन मल्लले माग गरे ।