बेइजिङबाट वाशिङटन उड्नुअघि ट्रम्पले भनेः म चीनसँग युद्ध चाहन्न

बेइजिङबाट वाशिङटन उड्नुअघि ट्रम्पले भनेः म चीनसँग युद्ध चाहन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा उच्चस्तरीय वार्ता गरेपछि शुक्रबार सञ्चारकर्मीहरुसँग वाशिङ्टन एक चीन नीतिप्रतिको पुरानो प्रतिबद्धतामा कायमै रहेको बताए ।

बेइजिङबट स्वदेश फर्कनुअघि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र राष्ट्रपतिबीच ताइवान मामिलाबारे लामो संवाद भएको खुलाए । अमेरिका ताइवानको रक्षामा खडा हुने वा नहुने भन्नेबारे वार्तामा आफूले केही नबताएको उनको भनाइ थियो ।

राष्ट््रपति सीले आफूसँगको भेटमा ताइवान मामिलालाई उच्च संवेदनशील मुद्धाका रुपमा उठाएको ट्रम्पले उल्लेख गरे ।
चिनियाँ सञ्चार माध्यमका अनुसार वाशिङटन ताइवानको पक्षमा उभिए दुई देशबीच सिधा द्वन्द्व हुन सक्ने चेतावनी दिएका थिए ।
ट्रम्पलाई संवाददाताहरुले त्यसबारे प्रश्न सोधेका थिए । जवाफमा उनले सीले युद्ध नचाहेको बताए ।
‘म कसैलाई स्वतन्त्र बनेको हेर्न चाहन्न’, ट्रम्पले भनेका छन् । अमेरिका लामो समयदेखि ताइवानको सहयोगी भूमिकामा रहँदै आएको छ ।

टम्पले ताइवानको सवालमा आफूले कुनै प्रतिबद्धता नजनाएको पनि स्पष्ट गरेका छन् । चीनले भने ताइवानलाई आफ्नो मुलुकको अभिन्न हिस्सा दाबी गर्दै आएको छ । आवश्यक परे बल प्रयोग गरी ताइवानलाई नियन्त्रणमा लिन सकिने चेतावनी चिनियाँ नेतृत्वले दिने गरेको छ ।

तर, ताइवानले आफूलाई स्वतन्त्र मुलुक मान्दै आएको छ । ट्रम्पले आफू ९ हजार ५ सय माइल टाढा गएर युद्ध लड्ने पक्षमा नरहेको बताए । ‘म युद्ध चाहन्न, चीन र ताइवान दुवै पक्ष शान्त होउन भन्ने म चाहन्छु’, ट्रम्पले भने ।