भारतीय सेनाध्यक्ष रावत काठमाण्डौमा , रावतले मुस्ताङको पनि भ्रमण गर्ने


काठमाण्डौ– भारतिय सेनाका सेनाध्यक्ष जनरल विपिन रावत मंगलवार काठमाण्डौ पुगेका छन् । रावतसंगै अर्का एक मेजर जनरल पनि भ्रमण दलमा छन् ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा काठमाण्डौ आउन लागेका रावतले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी हुन । नवनियुक्त भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने सैन्य परम्परा रहि आएको छ । नेपाल भ्रमणमा क्रममा रावतले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाण र  नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारतीय सेनाध्यक्ष रावतको नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्ने कार्यसुची छ ।
वरियतामा तिन नम्वरमा रहेका रावत भारतीय सेनाको २७ औं सेनाध्यक्षका रुपमा सन् २०१६ डिसेम्बर ३१ मा नियुक्ति भएका थिए ।  रावतको नियुक्तीको भारतमा कांग्रेसआई लगायत विपक्षी पार्टीहरुले चर्को आलोचना गरेका थिए । उनि नेपालसंग सिमा जोडिएको उत्तराखण्डका स्थायी वासिन्दा हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement