मोदीले निधीसंग भने –कंचनपुर घटनाका दोषीलाई कार्वाही हुन्छ


 

 

नयाँदिल्ली- भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा भारतकालागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि सहभागि हुनु भएको थियो । भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाउनु भएको थियो । यसैगरी नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनकालागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गर्नुभयो ।

यसैगरी भारतमा हालै भएका प्रान्तिय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हात पारेको प्रति नेपाल सरकार, नेपाली जनता, पार्टी सभापति शेरबहादुर देउवा र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।
 
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताउनु भएको छ । त्यसैगरी उहाँले कञ्चनपुर घटनाको विषयमा सुक्ष्म अध्ययन भइरहेको र दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको पनि उल्ल्ेख गर्नुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि नयाँ दिल्ली आउनु भएका उपप्रधानमन्त्री निधि आजै स्वदेश फर्कनुहुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement