मुगुका सांसद् शाही भन्छन्ः गणेश नेपालीको घटनामा सरकारले नाटक गर्‍यो

मुगुका सांसद् शाही भन्छन्ः गणेश नेपालीको घटनामा सरकारले नाटक गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मुगुका सांसद् खड्गबहादुर शाहीले आफ्नो गृहजिल्लाका गणेश नेपालीको आत्महदाह प्रकरणमा सरकारले ‘नाटक’ गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले बिहीबार राति नै मृत्यु भए पनि सरकारले ‘नाटक’ गरेर मृत घषणा नगरेको बताए । राति नै आफूलाई चिकित्सकले ९५ प्रतिशत बाँच्ने सम्भावना नरेहको बताएको उनले उल्लेख गरे ।

आफू र काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे वीर अस्पताल गएर बुझ्दा नेपालीको मृत्यु भइसक्दा पनि उपचारको बहानामा घोषणा गर्न ढिलाई गरिएको थाहा पाएको बताए ।

‘सरकारले गणेशकाप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ गएको थिएँ । चिकित्सकले ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो । रातभर गृहमन्त्री लगायतले जुन स्टन्टबाजी गर्नुभएको छ,’ शाहीले भने, ‘उहाँले गर्न खोज्नुभएको प्रयास होला । तर, गणेश नेपाली राति नै बितिसकेका रहेछन् । बिहानसम्म घोषणा गरिएन । हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शैयामा राखिरहेको लासलाई हेरिसकेपछि स्वास्थ्यमन्त्री, अस्पतालका चिकित्सकसँग बसेर उहाँहरूले किन घोषणा गर्नुभएन त ? मान्छे बितिसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ । मान्छेको मृत्यु भइसकेको छ, तपाईं के को पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ, भनेपछि अहिले मृत्यु घोषणा प्रयास गरिरहेका थिए ।’