मेयर सरूवाको अभिव्यक्तिपछि सांसद गेलाल सामाजिक सञ्जालमा आलोचित

मेयर सरूवाको अभिव्यक्तिपछि सांसद गेलाल सामाजिक सञ्जालमा आलोचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारशमणि गेलालले ‘मेयरलाई नै सरुवा गर्नुपर्छ’ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

संविधानको धारा २१५ तथा स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष र नगरप्रमुख (मेयर) निर्वाचित पदाधिकारी हुन्। उनीहरूको पद रिक्त वा समाप्त हुने अवस्था संविधान र प्रचलित कानुनले तोकेका आधार र प्रक्रियाअनुसार मात्र हुन्छ ।

तर कानुन निर्माण गर्ने सांसदले असंवैधानिक टिप्पणी दिएको भन्दै सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन्।

भिडियोमा उनले निजामती कर्मचारी सुध्रिन सक्ने तर मेयर नसुध्रिने भएकाले मेयरको पनि सरुवा हुनुपर्ने बताएका छन्।

‘अधिकृत भनेको कर्मचारी हुन्। ती सुध्रिन सक्छन्। अब मेयरै सरुवा गर्नुपर्छ,’ उनले भनेका छन्, ‘मेयर सरुवा गर्ने तयारी गर्नुस्, मैले भनेको छु।’

गेलाल उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।