राष्ट्रपति भण्डारीले भनिन् -आगामि वर्ष एक हजार मेगावाट विद्युत थप हुन्छन्


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामि आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत थप हुने बताएकी छन् ।  शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा प्रसारण लाइन र विद्युत उत्पादनमा सरकारका लक्ष्य प्रस्तुत गरेकी हुन्।

सरकारले नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरगत आम नेपालीको स्वामित्वमा ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरिने भण्डारीले दावी गरिन्।सबैका लागि स्वच्छ उर्जा ४ वर्ष्भित्रमा उपलब्ध गराउने र प्रसारण लाइनमा सुरधार गर्ने भण्डारीले बताइन्। रसुवागढी, पूर्व–पश्चिम जस्ता लाइन निर्माण गर्ने र शव स्टेशनको क्षमता बढाउने सरकारको दाबी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement