शसस्त्रमा ६ जना एसपी, एसएसपी बढुवाको लागी सिफारीस


काठमाण्डौ– शसस्त्र प्रहरीमा ६ जना एसपी, एसएसपी बढुवाको लागी सिफारीस भएका छन् । गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा शुक्रवार अवेर साझ बसेको वैठकले शसस्त्रमा ६ जना एसपीलाई, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारीस गरेको हो ।
बढुवा हुनेमा एसपी अभि खत्री एक नम्वरमा,शम्भु सुवेदी दुई नम्वरमा, गणेश ठाडा मगर तिन नम्वरमा, दुर्गा भट्टराई चार नम्वरमा, कमल गिरी पाच नम्वरमा र अन्तिममा राजेन्द्र शाक्य रहेका छन् । वरियतामा अघि भएपनि एसपी राजेन्द्र अधिकारी एसएसपी बढुवामा छुटेका छन् ।

बढुवा सिफारीस भएपछि उजुरीको म्याद एक हप्तासम्म रहेको छ । एक हप्ताभित्र बढुवाविरुद्ध कुनै उजुरी नपरे उनिहरुको एक सातापछि मन्त्रीस्तरीय वैठकले बढुवा अनुमोदन गर्नेछ । बढुवामा परेका पाच जना नेपाल प्रहरीवाट शसस्त्रमा आएका हुन भले शाक्य नेपाली सेनावाट शसस्त्रमा आएका  हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement