संकटबाट बच्न यसो गर्नुहोस्


समस्या कुनै पूर्वसूचना दिएका आउँदैन । कुनै पनि समयमा मानिस समस्यामा पर्न सक्छ । त्यसैले संकटको समयमा के गर्ने भनेर समयमा जानकारी राख्नु राम्रो हुन्छ । संकट विभिन्न किसिमका हुन्छन्, त्यसैले सबै समस्याको लागि एकै किसिमको उपाय हुँदैन तर सबै संकटमा निम्न कुराहरुमा भने ध्यान दिनु जरुरी हुन्छ –
१. समस्याको पहिचान गर्नु
सर्वप्रथक कस्तो किसिमको समस्या आउँदैछ भन्ने विषयमा जानकारी राख्नु राम्रो हुन्छ । यसले मानिसलाई के हुन्छ भन्ने अनुमानको लागि पनि सहज हुन्छ । यदि के भइरहेको छ भन्ने जान्नका लागि नै लामो समयमा लाग्यो भने समस्या बढ्न सक्छ । त्यसैले आफ्नो समस्याको सही समयमा नै पहिचान गर्नु राम्रो हुन्छ ।
२. सुरक्षित स्थानको खोजी
संकट आएपछि कुन स्थान सुरक्षित छ भन्नेमा ध्यान दिनु जरुरी छ । संकट आएपछि सुरक्षित स्थानमा गई बस्नु राम्रो हुन्छ । त्यसैले सबे किसिमको समस्याको लगि सुरक्षित स्थानको पहिचान गरी संकट आउनासाथ उक्त स्थानमा जानुपर्छ । साथै संकटबाट पार पाउनका लागि कुन मार्गबाट बाहिर निस्किने भन्ने विषयमा जानकारी हासिल गर्नु राम्रो हुन्छ । बाहिर निस्किँदा सबैभन्दा छोटो र सुरक्षित मार्गको प्रयोग गर्नु राम्रो हुन्छ ।
३. मानिसहरुसँग सम्पर्क गर्नु
समस्यामा परेको अवस्थामा अन्य मानिसको विषयमा जानकारी लिनु र आफ्नो जानकारी अन्य मानिसहरुलाई दिनु आवश्यक हुन्छ । यस्तोमा आफ्नो मोबाइल फोनले पनि काम गर्ने सम्भावना कम हुन्छ । यस्तोमा जम्मा भएका मानिसहरुसँग घुलमिलु हुनु जरुरी हुन्छ । साथै धेरै मानिसहरुको जमघट हुने स्थानमा गई बस्नाले आफ्ना मानिसहरुसँग पनि भेट हुने सम्भावना बढी हुन्छ ।
४. घरबाहिर रहँदा कसरी सुरक्षित रहने ज्ञान हासिल गर्नुहोस्
घरभित्र रहँदाभन्दा बाहिर रहँदा कसरी सुरक्षित रहने भन्ने विषयमा पनि जानकारी लिनु पनि आवश्यक हुन्छ । सधैं घरमा भएको अवस्थामा समस्या आउँदैन । घरभित्र कसरी सुरक्षित रहने भन्ने ज्ञान धेरैलाई हुन्छ तर घर बाहिर कुन स्थानमा कसरी सुरक्षित रहने भन्नेमा सचेत रहनु जरुरी हुन्छ ।
५. आपतकालीन अवस्थाको अभ्यास गर्नु
आपतकालीन अवस्थामा सुरक्षित रहनका लागि पूर्वाभ्यास गर्नु जरुरी हुन्छ । पूर्वाभ्यास गर्नाले मानिसलाई संकटको बेला कसरी सुरक्षित रहने भन्ने कुराको ज्ञान हुन्छ । साथै केही संकटको लागि आवश्यक पर्ने सामान्य प्रयोजनका सामग्रीहरु सजिलै भेटिने स्थानमा राख्नु जरुरी हुन्छ । संकटको बेला भेटिएका साना औजारहरुले पनि ठूलो काम गर्न सक्छन् ।
६. समुदायिक सहयोगमा संलग्न हुनु
ठूलो किसिमको संकटमा समग्र समुदाय नै प्रभावित बन्छ । यस्तोमा सामुदायिक सहयोगका कममा अगाडि सर्नुपर्छ । संकटबाट आफू बचेपछि अरु मानिसहरुलाई पनि बचाउने काम पनि गर्नुपर्छ । साथै समस्यामा परेका मानिसहरुलाई पनि कसरी सुरक्षित रहने भनी सिकाउनुपर्छ । संकट आइलाग्नासाथ उद्धारकर्ता आइपुग्ने सम्भावना कम हुने भएकोले स्वयंसेवकको रुपमा काम गर्न अघि सर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement