सूचना नदिनेलाई कारबाही


 

हेटौँडा, ८ पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जनताले मागेको सूचना नदिने कर्मचारीलाई दण्डित गरिने बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँगको भेटमा बाँस्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारबाही प्रक्रियामा अघि बढेको बताउनुभयो । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौती रहेकामा हाल कारबाही प्रक्रिया अघि बढाइएपछि सूचना दिने क्रम बढेको उहाँले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement