सडक अनुगमन कडा, ट्राफिक कारबाहीबाट ६ लाख ४४ हजार आम्दानी

सडक अनुगमन कडा, ट्राफिक कारबाहीबाट ६ लाख ४४ हजार आम्दानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०० नियमविपरीत राइड सेयरिङ गरेका ११८ सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी लेन अनुशासन पालना नगर्ने ८२ निषेधित क्षेत्रमा हर्न बजाउने ८९ सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२० एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।