सेनामा एकैचोटी ३७ मेजर, कर्णेल हुने भए, यी हुन् बढुवामा पर्ने भाग्यामानी मेजरहरु ?


रोशन खड्का
काठमाण्डौ– नेपाली सेनामा ३७ जना सेनानी (मेजर)लाई प्रमुख सेनानीमा बढुवा सिफारीस गरिएको छ । सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद ३ अनुसार बढुवा प्रक्रिया अघि वढाइएको जनाएको छ । सेनामा चैत्र मसान्तसम्म रिक्त हुने र नेपाली सेनाको पुनरढाचामा तोकिएको चरणमा थप भएको समेत गरी रिक्त हुने ३७ पदमा प्रमुख सेनानी बढुवाको लागी बढुवा समितीले नाम सिफारीस गरेको हो । जसमा अतियोग्य,बढी योग्य र योग्य समुह गरी तिन समुहमा विभाजित गरिएको छ ।

सेनामा अतियोग्य समुहवाट सेनानीहरु सुरज लामिछाने, उत्तम सापकोटा,अर्जुन अधिकारी,चन्दनसिंह थापा,संगित पुन,प्रेम हमाल,जितेन्द्र कुमार गौली र झलेन्द्र विक्रम बस्नेत प्रमुख सेनानीमा बढुवा सिफारीस भएका छन् ।

बढीयोग्य समुहवाट प्रमुख सेनानीमा बढुवा हुनेमा सेनानी शिखर जवरा,सरोज कुमार कार्की,सविन्द्र नगरकोटी,सुरेश थापा,सुजन बहादुर मल्ल,रण बहादुर खड्का,लोकेश केसी,निरन्जन भण्डारी,लक्ष्मण खत्री,पवन कुमार खड्का,वालकृष्ण कार्की,मिनराज तिवारी,ईश्वर बुढाथोकी,ब्रजेश महर्जन, समुन्द्र थापा, सुजन शाक्य,सुर्यबहादुर थापा,संजयजंग रायामाझी,हरि बहादुर विश्वकर्मा,राजेश खकुरेल,मदनजंग राणा र बसन्त बहादुर गौतम रहेका छन् ।

त्यसैगरी योग्य समुहबाट सेनानीहरु राजु पुडासैनी,सुदर्शन विष्ट,नमराज कार्की,अरुण कुमार केसी,दुर्गा बहादुर वस्नेत,जयसन राणा र ईमानाथ ढकाल पनि प्रमुख सेनानीमा बढुवा सिफारीस भएका छन् । त्यसैगरी योग्य र बढी योग्य समुहवाट ८ जना सेनानीहरु बढुवाको वैकल्पिक सुचीमा परेका छन् । सेनानीहरु अर्जुन विक्रम थापा,गणेशसिंह भण्डारी,चन्द्रप्रसाद चापागाई,विवेक काफ्ले,महेश्वर कार्की,मनोज गुरुङ,भरत कुमार खड्का र प्रफुल्ल विक्रम शाह बढुवाको वैकल्पिक सुचीमा परेका छन् ।

सेनामा बढुवा सिफारिस निर्णय उपर चित्त नबुझेमा सैनिक नियमावली, २०६९ कोे दफा ४४९१० मा निर्णय भएको मितिले १५ दिन भित्र आफु बढुवामा समावेश हुनुपर्ने वस्तुगत आधारसहितको निवेदन सैनिक सचिव विभागमा दिन मिल्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement