सेनामा प्रधानसेनापतिले अमेरीका उडनुअघि गरे अनौठौ निर्णय


रोशन खड्का, काठमाण्डौ– नेपाली सेनामा आठ जना उपरथीहरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार सरुवा हुनेमा पृतनापति र विभागीय प्रमुखहरु रहेका छन् । सैनिक मुख्यालयले असार १३ गरेको सरुवाअनुसार पुर्वी पृतनाको पृतनापतीमा उपरथी गौरव तण्डुल,मध्य पृतनाको पृतनापतिमा उपरथी प्रभुराम शर्मा, राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा उपरथी समिर शाही र उपरथी शमशेर ठकुराठीलाई प्रवन्धरथीको कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी,उपरथीहरु हेमन्त कुवरलाई सैनिक गुप्तचरको कार्यालयबाट युद्धकार्य महानिर्देशकमा, देवकुमार सुवेदीलाई मध्य पृतनावाट सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकमा,अनुज वस्न्यातलाई राष्ट्रिय विपत तथा सुरक्षा महानिर्देशनालयबाट निरक्षणाधिकृतको कार्यालय र पुर्वी पृतनापति रहेका उपरथी प्रल्हाद थापालाई सैनिक गुप्तचरको प्रमुखमा सरुवा गरिएको छ । पश्चिम पृतनापति जगदिश पोखरेल र सुदुरपश्चिम पृतनापति दिपक भारतीलाई भने अवधी नपुगेको कारण सरुवा गरिएको छैन् । सैनिक स्रोतकाअनुसार सेनाले उपरथीमा बढुवाको लागी रक्षामन्त्रालमा पठाएको तिन जना सहायकरथीको फाइल स्विकृतीपछि अन्य ६ जना उपरथीको सरुवा गर्ने प्रधानसेनापति राजेन्द्र क्षत्रीको तयारी छ ।

जसअनुसार सम्भाररथीमा ईश्वर हमाल, सम्भाररथी विभाग प्रमुख रहेका उपरथी पुर्ण सिलवाललाई उपत्यका पृतनापतिमा, उपत्यका पृतनापति प्रमुख रहेका उपरथी शरद गिरीलाई शिवपुरीस्थित स्टाफ कलेजको प्रमुखमा र स्टाफ कलेजमा रहेका उपरथी देवेन्द्र मेघासीलाई मध्यपश्चिम पृतनाको पृतनापतिमा सरुवा गर्ने तयारी रहेको उच्च सैनिक स्रोतले मुलधालाई जानकारी दियो । त्यसैगरी, महासेनानीहरु रविन्द्र खत्रीलाई नेपाली सैनिक वार कलेजवाट राष्ट्रपति कार्यालय,सुन्दर पाण्डेलाई २१ नम्वर वाहिनीको सहायक वाहिनीपतिमा र हिम्मत बहादुर विष्टलाई मध्य पृतनामा सह चिफ अफस्टाफको रुपमा सरुवा गरेको छ । यता, प्राविधीकतर्फ दुई जना महासेनानी सहायकरथीमा बढुवा भएका छन् । वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत महासेनानीहरु डाक्टर देवेन्द्र बहादुर खत्री र डाक्टर अरुण शर्मा प्राविधिक सहायकरथीमा बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement