सेनामा १२ भाई जर्नेलको भयो एक्कासी सरुवा


काठमाडौं– नेपाली सेनामा १२ जना सहायकरथी (विग्रेडियर जर्नेल) हरुको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार असार २८ मा भएको सरुवामा सहायकरथी कमलेश बहादुर सिंहलाई १३ वाहिनी अड्डा,अरुण घले १६ वाहिनी अड्डा र राजु वस्नेतको अनुसन्धान र विस्तार निर्देशनालको निर्देशकमा सरुवा भएको छ । सहायकरथी सिंह चीनको सैनिक सहचारी,घले भारतको सैनिक सहचारी र वस्नेत २२ नम्वर बाहिनी अड्डाको बाहिनीपतिका रुपमा कार्यरत थिए ।

त्यसैगरी, सहायकरथी नवजीव शम्शेर राणा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय, झंकरबहादुर कडायत सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालय,शुवर्णबहादुर शाह युद्धकार्य व्यस्था नीति तथा योजना निर्देशनालय र कृष्णबहादुर गुरु¨लाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ ।

सहायकरथी बावुकृष्ण कार्कीलाई सैनिक तालिम तथा  डक्ट्रिन महानिर्देशनालयवाट विशेष फौज बाहिनीको बाहिनीपतिमा,शैलेन्द्र शम्शेर थापालाई १३ नम्वर बाहिनीपतिबाट २२ बाहिनी अड्डाको बाहिनीपतिमा र सहायकरथी बालकृष्ण कार्कीको नेपाली सैनिक प्रतिष्ठानबाट २१ नम्बर बाहिनीको बाहिनप्तिमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement