सीमाङ्कन हेरफेरको औचित्यबारे अन्तक्र्रिया


 

दाङ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का नेत्री एवम् पूर्वमन्त्री रेखा शर्माले दलहरु मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुर दाङले आज आयोजना गरेको प्रदेश नम्बर– ५ को सिमाना हेरफेरको औचित्य चुनौती र यसका समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहने हो भने समस्या झन् बल्झिने हुँदा सबै सहमतिको विन्दुमा आउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा २०७४ माघ ८ गतेभित्र तीनवटा निर्वाचन गर्न सकिएन भने संवैधानिक सङ्कट निम्तिने हुँदा त्यसतर्फ दल गम्भीर बन्नुपर्ने सहभागी वक्ताहरुको भनाइ थियो । कार्यक्रममा नेपाली कांँग्रेसका नेता एवम् सांसद डिल्ली चौधरीले ५– नम्बर प्रदेशको सीमाङ्कन हेरफेरको विरोध गर्नुको कुनै तुक नभएको बताउनुभयो ।

चौधरीले विरोधको लागि विरोध नगर्न एमालेका नेतालाई आग्रह गर्नुभयो । सीमाङ्कनको हेरफेर हुँदा दाङ राजधानी हुने हुँदा यसको विरोध नगर्न उहाँले दङालीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले संशोधन प्रस्तावले मुलुकलाई विखण्डनतर्फ लैजाने हुँदा एमालेले प्रस्तावको विरोध गरेको बताउनुभयो । उहाँले यो प्रस्ताव संवैधानिक नभएको जिकिर गर्नु भयो । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement