गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरूङले आफ्नो सम्पत्तिको श्रोतबारे जाँचबुझ गर्न गठित समितिमा दिएको बयानबारे सार्वजनिक खुलासा गरेका छन् ।
रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रलाई आइतबार सम्बोधन गर्दै उनले बयानका क्रममा समितिमा आफूलाई सम्पत्तिको विषयलाई लिएर केही कडा प्रश्नहरु सोधिएको बताए ।
मन्त्रिपरिषदले गत २८ वैशाखमा गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह–न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन गरेको थियो ।
‘बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए’, उनले भने, ‘जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’
आफूलाई समितिमा यतिधेरै कसम्पत्ति कहाँबाट ल्याएको भन्ने प्रश्न सोधिएको उनको भनाइ थियो ।
जवाफमा आफूले छानबिन समिति सदस्यहरुकै सम्पत्ति छानबिन गरौं न त भन्ने प्रतिप्रश्न गरिदिएको सुनाए ।
‘समितिले मलाई यत्तिका सम्पत्ति कहाँबाट ल्याउनुभयोर ? भनेर प्रश्न गर्यो’, उनले भने, ‘मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौं न त भनेर प्रतिप्रश्न गरिदिएँ ।’
समितिलाई मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्ने कार्यादेशसहित १५ दिनको समय दिएको थियो । समितिले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिवेदन बुझाइसकेको छ ।




प्रतिक्रिया