सरकारलाई एमालेको प्रश्नः सुकुम्बासी जनता हुन् कि होइनन्, उनीहरु बाँच्न पाउँछन् कि पाउँदैनन् ?

सरकारलाई एमालेको प्रश्नः सुकुम्बासी जनता हुन् कि होइनन्, उनीहरु बाँच्न पाउँछन् कि पाउँदैनन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमालेले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद एशुदा कुमारी बरालले सुकुम्बासीको उचित व्यवस्थापन नगरी केवल सीमित रकम दिएर पन्छाउने नीति लिएको भन्दै सरकारको आलोचना गरिन् ।

सुकुम्बासी पनि नागरिक भएकाले उनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग बराल माग गरिन् ।

‘सुकुम्बासी जनता हुन् कि होइनन्उ’, बरालले प्रश्न गरिन्, ‘उनीहरू बाँच्न पाउने कि नपाउने ?

सरकारले २५ हजार रुपैयाँ दिएर आफैं व्यवस्थापन गर्न भनिरहेको विषयप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो उपायले समस्या समाधान नहुने बताइन् ।

‘२५ हजार हातमा थमाएर सडकमा धपाइँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरू स्वतन्त्र रूपमा बाँच्न पाउनुहुन्छ कि पाउनुहुन्न ? उनले प्रश्न गरिन् ।

सांसद बरालले विपन्न नागरिकको पीडालाई बेवास्ता गर्दा त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिइन् । उनले सुकुम्बासी व्यवस्थापनका लागि सरकार र सम्बन्धित निकायले संवेदनशील भएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।

गरिबको सरकारका लागि आँसु निकै महंगो पर्ने भन्दै उनले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।