नेकपाले सभामुखलाई भन्योः नेपालले भारतको जमिन मिचेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्न किन सक्नुहुन्न ?

नेकपाले सभामुखलाई भन्योः नेपालले भारतको जमिन मिचेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ माग्न किन सक्नुहुन्न ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी नेकपाले सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् प्रमेश हमालले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रुलिङ नगरेकामा आपत्ति जनाए ।


सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जारी विरोधको शैली परिवर्तन गर्न गरेको आग्रहप्रति उनको आपत्ति थियो ।

प्रधानमन्त्री शाहले संसदमा बोल्ने क्रममा सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग राखेर विपक्षीले लामो समयदेखि विरोध गर्र्दै आएका छन् ।

बिहीबार पनि नियमितजस्तै बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसद् सिटबाट उठेका थिए । सभामुख अर्यालले एकै विषयमा लामो समयसम्म विपक्षी सांसदले विरोध जनाउँदै आएको भन्दै शैली फेर्न सुझाएका थिए ।

‘सभामुख महोदयले आन्दोलनको रूप फेर्नको निमिक्त भन्नुभयो । उहाँले किन भन्नुसक्नुभएन प्रधानमन्त्रीज्यू यहीँ आएर ‘क्लियरीफाइ’ गर्नुस् भनेर’ हमालको भनाइ थियो ।

हमालले राष्ट्रियताको एजेण्डामा सम्झौता हुन नसक्ने भन्दै प्रधानमन्त्रीले जवाफ नदिएएसम्म विरोध जारी रहने उल्लेख गरे ।