सोमबार नेप्से २२ अंकले उकालो लाग्यो


काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज  २२.६५ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसमयमा सम्ममा २२ अंकले बढेर १९४९ अंकमा पुगेर रोकिएको हो ।

यसक्रममा आज १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १.१८ प्रतिशतले बढ्दा आज सबै समूहका सूचकमा हरियाली छाएको छ ।

जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बीमा समूह ९४ अंकले बढेको छ । यसका साथै, निर्जीवन बीमा कम्पनी समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि आएको छ । यसबाहेक म्यूचुअल फण्ड बाहेक अन्य सबै समूहमा समेत उच्च वृद्धि देखिएको छ ।

परिसूचक २२ अंकले बढेको दिन यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७६ अंक बढेर १९४१ रुपैयाँ पुगेको हो । यसबाहेक न्यादी हाइड्रोपावरको सेयर मूल्य ७.७३ प्रतिशतले बढेर ३५२ रुपैयाँ पुगेको छ ।

आज आईएमई जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको ७ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एसियाको सेयर ६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा हिजो आइतबार ६.९० अंकको गिरावट आएको थियो । यसक्रममा परिसूचक १९२६ अंकमा पुगेर रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement