हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो


बारा – फेटा गाउपालिका १ भलुहिभर्वोलियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल ।

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ ६ बजेबाट हावाहुरीसहित भिषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको बर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पा¥यो । बर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा बर्षाले भिजाएर नष्ट ग¥यो भने बस्ने-सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको बर्षा र हुरीले पिडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउनुहुन्छ । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उहाँ भन्नुहुन्छ, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’

उहाँले भत्केका घर मर्मत गरेर खरमाथि त्रिपाल र प्लास्टिक राखी जोगिन खोजे पनि त्रिपाल, टेन्ट र प्लास्टिक नपाएको गुनासो गर्नभयो ।फेटा गाउँपालिका–६ का वडाध्यक्ष जाकिर हुसेन शनिबार साँझको बर्षाले थप बिचल्ली पारेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ–टेन्ट नपाएका र खुल्ला चौर र सार्वजनिक स्थलमा त्रिपाल र टेन्ट राखेर बसेकाहरु साहै्र बिचल्लीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुभाई भट्राइका अनुसार शनिवार फेटा पुर्वको प्र्रभावित क्षेत्रमा तुलनात्मक कम बर्षा भयो । दिउसोको बर्षाले राहत वितरण र जिणोद्धारमा अवरोध भयो । पीडितलाई राति सुत्ने कोठा र खानाका लागि विद्यालयमा मेस चलाउने तयारी भएको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement