ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने पाँचथर घर भएका ४२ वर्षीय राम प्रसाद योङहाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी सम्बन्धी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका–८ टिकाथलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।