पूर्वप्रधानन्यायाधीश खत्रीको सय वर्षमा निधन


काठमाडौं – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ ।

उनको बिहीबार मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनको १०० वर्षको उमेरमा निधन भएको हो ।

नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । खत्रीको भोलि बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement