काठमाण्डु – सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे सरकारका कार्यप्रगतिको समीक्षासहित १०० दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्न लागिएको हो । सरकार गठन भएको शनिबार १०० दिन पुगेको छ।
जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएको हो ।
सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर चैत १३ गते शपथ लिएका प्रधानमन्त्री शाहले सोही दिनसरकारले १०० दिनमा गर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो ।




प्रतिक्रिया