२०२७ को विश्वकप क्रिकेट तीन देशमा आयोजना हुने

२०२७ को विश्वकप क्रिकेट तीन देशमा आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइसीसी एक दिवसीय विश्वकप–२०२७ तीन देशमा हुने भएको छ । २०२७को विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबीयाले संयुक्त रुपमा आयोजना गर्नेछ । यस प्रतियोगितामा १४ वटा राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि दक्षिण अफ्रिकाको ८ वटा भेन्यू, जिम्बावेको ३ भेन्यू र नामिबीयाको १ भेन्यूमा खेल हुनेछ । दक्षिण अफ्रिकाको जोहान्सबर्ग, सेन्चुरियन, डरबर्न, गेबेरहा, कुगोम्पो सिटी, केप टाउन, पार्ल र ब्लोमफोन्टिनमा २०२७ को विश्वकपको खेलहरु आयोजना हुनेछन् । जिम्बावेको हरारे, बुलावायो र भिक्टोरियामा विश्वकपका ७ देखि १० खेल आयोजना हुने बताइएको छ ।

नामिबियाको भने १ मात्र भेन्यू विश्वकपको लागि छनोट भएको छ । नामिबियाको विन्डोकमा विश्वकपको ३ खेल सञ्चालन हुनेछ ।

एक दिवसीय विश्वकप २४ वर्षपछि दक्षिण अफ्रिकामा फर्किएको हो । सन् २००३ मा जिम्बावे र केन्याले विश्वकप आयोजना गरेको थियो । सन् २००७ मा दक्षिण अफ्रिकामा पुरुष टी–२० विश्वकप आयोजना भएको थियो ।

नामिबियाले भने पहिलो पटक आइसीसीको सिनियर प्रतियोगिता आयोजना गर्नेछ । यसअघि, नामिबियाले जिम्बावे र नामिबियाले यू–१९ विश्वकपको आयोजना गरेको थियो।