२२ किलो सुन तस्करीमा संलग्न चिनियाँ महिला विमानस्थलमा पक्राउ


काठमाडाैँ- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सहयोगमा गत भदौंमा भएको  २२ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जे झोङलाई प्रहरीले पक्राउ गरेको छ  । प्रहरीले सुन तस्करीको संगठित गिरोहकी  महिला सदस्यलाई  झोङलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले भदौं १५ मा १५ किलो सुन सहित ७ जनालाई पक्रेको थियो । रसुवाको केरुङ नाका भएर भित्रिएको सुन ब्युरोले सामाखुशीको एउटा घरबाट बरामद गरेको थियो । भोटेकोशी गाउँपालिका वडा नम्बर–१ घर पेम्बा दोर्जे शेर्पाको घरकोठा खानतलाशी गर्दा घरको दराजबाट १४ किलो र थप एक किलो जनकपुरबाट बरामद भएको थियो ।

बाँकी ७ केजीका बिषयमा अनुसन्धान भै रहेको थियो । यही घटनामा संलग्न रहेका चिनियाँ नागरिकमध्येकी झोङ काठमाडाैँ आउनेक्रममा विमानस्थलबाट पक्राउ परेकी हुन् । ब्युरोको नियन्त्रणमा रहेकी उनीबिरुद्ध थप अनुसन्धान भै रहेको एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement