काठमाण्डु– सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ।
छलफल सङ्क्रमणकालीनको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ । तीन शीर्ष नेतासहित कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी छन् ।
प्रतिक्रिया