३३ केजी सुन प्रकरण: एसएसपी खत्रीलाई सारियो झुम्का कारागार

३३ केजी सुन प्रकरण: एसएसपी खत्रीलाई सारियो झुम्का कारागार


काठमाडौं – साढे ३३ किलो सुन प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका निलम्वित एसएसपी श्याम खत्रीलाई सुनसरीस्थित क्षत्रीय कारागार झुम्का सारिएको छ ।

एसएसपी खत्रीले मोरङ कारागारमा गोरे भएकाले सुरक्षा खतरा रहेको भन्दै झुम्का कारागारमा राख्न माग गरेका थिए । जिल्ला अदालत मोरङको थुनछेक आदेशपछि मोरङ कारागारमा राखिएको थियो ।

सुन प्रकरणका चर्चित तस्कर गोरे मोरङ जिल्ला कारागारमा रहेकोले आफू असुरक्षित भन्दै उनले झुम्का कारागारमा लैजान माग गरेका थिए । सुन प्रकरणमा समातिएका गोरे बाहेकका अन्य अभियुक्त पनि झुम्कामै राखिएका छन् । थुनामा रहेका प्रहरी अधिकारीलाई पनि झुम्कामा नै राखिएको छ ।