साढे ३३ किलो सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई बयानका लागि पत्र काटियो


काठमाडौं-  साढे ३३ किलो सुन काण्डमा छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई बयानका लागि पत्र काटेको छ।
समितिलाई बयान दिन लोहनी बुधवार बिहान विराटनगर पुग्ने जनाइएको छ ।

तस्करीको ३३ किलो सुन गायब भएसँगै हत्या गरिएका उर्लाबारीका सनम शाक्य ‘हत्या प्रकरण’मा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको शंकास्दप भूमिका देखिएको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको हो ।  प्रहरी प्रधान कार्यालय नक्सालले चैत २२ गते उनलाई पदबाट निलम्बन गरिसकेको छ ।

चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका शाक्यको गत फागुन १८ गते हत्या भएको थियो ।

काठमाडौंमा पक्राउ गरिएका पूर्वडीआईजी गोविन्द निरौलालाई थप अनुसन्धानका लागि सोमबार विराटनगर लगिसकिएको छ ।

३३ केजी सुन प्रकरणको अनुसन्धानमा खटिएका डिएसपी प्रजित केसी र बालकृष्ण सञ्जेल पनि छानबिन समितिको नियन्त्रणमा छन् र उनीहरुमाथि अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement