साढे ३३ किलो सुनकाण्डमा डीएसपी प्रजित केसी प्रहरीको नियन्त्रणमा


काठमाडौं- साढे ३३ किलो सुनकाण्डमा डीएसपी प्रजित केसीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएका छन् । मोरङ प्रहरीले दिएको जानकारी अनुसार आज दिउँसो उनलाई नियन्त्रणमा लिइएको छ ।

केसीले शनिबार र आइतबार समितिसमक्ष बयान दिएका थिए । तर उनको बयान समितिलाई चित्त नबुझेपछि नियनत्रणमा लिन समितिले निर्देशन दिएको थियो।

साढे ३३ किलो सुनकाण्डमा मृत्यु भएका शनम शाक्यको शव २०७४ सालफागुन १९ गते विराटनगरको पोखरीयाबाट महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल समेतको टोलीले  बरामद गरेको थियो ।

२०७३ साल फागुन पहिलो साता चुडामणि उप्रेती ‘गोरे’ले चिनको केरुङ नाका हुँदै ल्याएको सुन भरियाले लुकाएको भन्दै यातना दिने क्रममा मोरङको उर्लाबारी–७ स्थायी घर भएका गत फागुन १८ गते हत्या भएको थियो ।

‘सनम हत्या प्रकरण’मा प्रहरीको भूमिका शंकास्पद देखिएको भन्दै छानबिन समितिको गठन भएको थियो । अहिले प्रहरीका उच्च अधिकारी सहित हत्यामा संलग्नलाई पक्राउ र अनुसन्धान गर्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement