३६ हजार ९ सय अमेरिकन डलरसहित व्यवसायी पक्राउ


काठमाडौं– सुन्धारामा ३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित शुक्रबार एक व्यवसायी पक्राउ परेका छन् ।  व्यवसायी राजेश कुमार अग्रवाललाई अवैध डलर कारोबारको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महशाखाका सएसपी धिरजप्रताप सिंहले बताए ।

कपडा पसलको आडमा अवैध डलरको कारोबार गर्दै आएको आरोपमा उनी पक्राउ परेको  सिंहले जनाएका छन् । उनीमाथि  थप अनुसन्धान भइरहेको महशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement