अनलाइन जुवा खेलाएको आरोपमा ठमेलबाट चिनियाँसहित ४ जना पक्राउ


काठमाण्डु – विद्युतीय ठगी तथा अनलाईन जुवा खेलाएको आरोपमा ठमेलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजिसहित अन्य तीनजना नेपाली रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खानतलासी गर्दा विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाउन प्रयोग भएका ४७२ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २६ थान ल्यापटप, १६२० थान एनसेलको सिमकार्ड, २० थान स्मार्टको सिमकार्ड, १० थान पेनड्राईभ र १ लाख ९० हजार रूपैयाँ मूल्य बराबरको एनसेलको रिचार्ज कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement