फेरी कञ्चनपुरबाट सुन बरामद


कञ्चनपुर – प्रहरीले कञ्चनपुरको दक्षिणी पुनर्वास क्षेत्रबाट एक स्थानीयको घरभित्र खाल्टोमा लुकाएर राखेको अवस्थामा १८ किलो सुन बरामद गरिएको फेरी पन्ध घण्टापछि जिल्लाको उत्तरी भेग शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट सुन बरामद गरेको छ ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास) प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरत बस्तीका शंकर विक भनिने भरतलाल विकको घरबाट सुन बरामद गरेको १५घण्टापछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५किलो ६सय ग्राम सुन बरामद गरेको छ ।

विकको घरबाट बिहीबार दिउँसो ११बजेतिर र तिरुवाको घरबाट गयराती १बजेतिर सुन बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिह खडायतले लक्ष्मण तिरुवाको घरबाट राती नै सुन बरामद गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको बताए । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सुदिप गिरी नेतृत्वको टोली २३ किलो ६ सय ग्राम सुन बरामद गरेको हो ।

पुनर्वासबाट सुन बरामद गरेको घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवाको ससुराली हो । सुरजका दाजु भारतमा ड्राईभिङ्ग गर्दै आएका छन् ।  सुन बरामद भएपछि प्रहरी जवान सुरज प्रहरीको नियन्त्रणमा छन् । घटना बारे अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।  पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष सन्त कुमार चौधरीले विकको घरको भान्साकोठा छेउमै रहेको कोठाभित्र खाल्डोमा राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेर लगेको बताएका थिए ।

‘मलाई प्रहरीले अध्यक्ष ज्यू केही काण्ड परेको छ, यहाँआईदिनु प¥यो, भनेपछि म त्यहाँ गएर मुचुल्कामा सहिछाप गरे, ‘वडाध्यक्ष चौधरीले भने, ‘उनीहरुले उक्त सुन खाल्डोबाट बरामद गरेर लगे ।’  घटना स्थलबाट कुनैपनि व्यक्तिलाई पक्राउ नगरिएको उनले बताए । घरधनी भरतलाल विक अहिले रोजगारीको सिलसिलामा भारतको कलकत्तामा रहेको अध्यक्ष चौधरीले बताए । ‘घरधनी केही समय अघि भारतमा काम गर्दै थिए, ‘उनले भने, ‘एक्कासी प्रहरी आएर उनकै घरबाट सुन बरामद गरे, अचम्मको भयो ।’

वडाध्यक्ष चौधरीले सुन बरामद गरिएको स्थानबाट कसैलाई पनि पक्राउ नगरिएको बताए । ‘सुन भेटिएको घरबाट कुनैपनि व्यक्तिलाई पक्राउ गरेन, ‘वडाध्यक्ष चौधरीले भने, ‘अन्तबाट पक्राउ गरेको भए मलाई थाहा भएन् ।’ बरामद गरिएको सुन काठमाण्डौँ लैजानका लागि प्रहरीले त्यतिबेलै धनगढी तर्फ लगेको वडाध्यक्ष चौधरीले बताए ।  सुन तस्करका मुख्य नाईके काठमाण्डौँमा पक्राउ परेपछि उनले प्रहरीलाई दिएको बयानका आधारमा पुनर्वासको विकको घरबाट सुन बरामद गरिएको स्थानीय प्रहरीको बुझाई छ । सुन बरामद गरिएका घरधनीहरुले आफुहरुलाई केही थाहा नभएको प्रतिकृया दिएका छन् ।

भारतलालका बाबु गंगालाल विक गाउँमै परम्परात आरनपेशा गर्दै आएका छन् । अन्र्तराष्ट्रिय विमानस्थल काठमाण्डौँ हुँदै धनगढी ल्याएर भारत लैजानका लागि पुनर्वासमा लुकाईराखेको प्रहरीले आशंका गरेका छन् । यस अघि प्रहरीले केही समय अघि काठमाण्डौँबाट लुकाएर भारततर्फ तस्करी गरिरहेको अवस्थामा गड्डाचौकी भन्सारबाट सुन बरामद गरेको थियो ।

अन्र्तराष्ट्रिय बजारबाट तस्करी गरेको सुन काठमाण्डौँ कञ्चनपुर हुँदै दिल्लीसम्म पु¥याउन सुन तस्करले जालो फैलाएको घटनाले पुष्टी गरेको छ । सुन तस्करको जालो काठमाण्डौँदेखि पश्चिम नेपालसम्म रहेको विभिन्न घटनाक्रमले पुष्टी गरेको छ । सुन तस्करले काठमाण्डौँदेखि दिल्ली पु¥याउन पश्चिम रुट रोजेको देखिएको छ । मिलोमतो र सेटिङ्गमै हुने सुन तस्करी अझै नियन्त्रण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement