काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना महिला निर्वाचित भएका छन्।
यससँगै निर्वाचनबाट चयन भएका केन्द्रीय सदस्यमध्ये महिलाको सहभागिता करिब ५१ प्रतिशत पुगेको छ।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनले ९९ जना केन्द्रीय सदस्य चयन गरेको थियो। रास्वपाको विधानअनुसार केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ भने बाँकी ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
संविधानमा राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने व्यवस्था छ।
रास्वपाको १९ सदस्यीय पदाधिकारीमध्ये निर्वाचन भएका ६ पदमध्ये उपसभापति र सहमहामन्त्री पदमा दुई महिला निर्वाचित भएका छन्।
यी हुन् केन्द्रीय समितिमा निर्वाचित महिला-
सोविता गौतम
डा. तोसिमा कार्की
रञ्जु दर्शना
निशा डाँगी
इन्दिरा राना मगर
रिमा विश्वकर्मा
समीक्षा बास्कोटा
गीता चौधरी
लिमा अधिकारी आचार्य
प्रकृति ढकाल
टिका संग्रौला (ज्वाला)
क्रान्तिशिखा धिताल
जमुना शर्मा
सुशिला कार्की पोख्रेल
आशिका तामाङ
अनुष्का श्रेष्ठ
निशा श्रेष्ठ
कुशुम महर्जन
करिष्मा कठरिया
जुली यादव
कामिनी कुमारी चौधरी
सविना विक
खिमा विक
समिना मिया
निशा मेहता
शोभा कार्की
कल्पना थापा
सुजाता तामाङ
सुष्मा बस्नेत
सुनिता कुमारी चौधरी
नमिता यादव
मञ्जु सिंह
प्रभा ढकाल
विदुषी राणा
आकांक्षा पोखरेल
अनिता श्रेष्ठ
पार्वती थापा
पवित्रा थापा
पुजा बास्तोला
विष्णु कुमारी गुरुङ (एकता)
कल्पना पाण्डे
संगिता ढकाल
ज्ञानु पौड्याल
शर्मिला खनाल
सीता बादी
विनिता कठायत
टासी ल्हाङ्गजोम
मेनुका शाही
जानीका जोशी
चन्द्रा ऐर चाँदनी




प्रतिक्रिया