काठमाण्डु- हिंसा तथा विभिन्न जोखिममा परेका ५८८ बालबालिकाको उद्धार गरिएको छ । आर्थिक सर्वेक्षण २०८२ र ८३ अनुसार उद्धार गरिएका बालबालिकासहित सरकारले सात हजार ४६२ बालबालिकालाई राहत, संरक्षण र मनोविमर्श सेवा उपलब्ध गराएको जनाएको छ ।
सरकारले सडक बालबालिका मुक्त नेपाल अभियानअन्तर्गत २०७३ वैशाखदेखि हालसम्म दुई हजार ६५८ सडक बालबालिकाको उद्धार गरी संरक्षण तथा व्यवस्थापन गरेको छ ।
चालु आर्थिक वर्षमा हराएका पाँच हजार ३६१ बालबालिकामध्ये चार हजार ९२९ जना फेला परेर परिवारसँग पुनर्मिलन भएका छन् ।
त्यसैगरी, बेवारिसे अवस्थामा भेटिएका ४०९ बालबालिकामध्ये २९८ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । १११ जनालाई भने संरक्षण केन्द्रमार्फत पुनस्थापना गरिएको छ ।




प्रतिक्रिया