नक्कली भारू प्रकरण : युनुसलाई समात्न प्रहरीको चार घण्टा कोभर्टअप्रेसन

नक्कली भारू प्रकरण : युनुसलाई समात्न प्रहरीको चार घण्टा कोभर्टअप्रेसन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका प्रहरीको सुराकीले दिएको विशेष सुचनाको आधारमा करोडौं भारतीय नक्कली रुपैयाँसहित युनुस अन्सारीको टोली पक्राउ परेका छन्। विभिन्न स्थानमा रहेका सुराकीहरुले दिएको सुचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युनुस अन्सारीको टोली पक्राउ परेका हुन्।

‘सधैं झै विमानस्थलमा नेपाल प्रहरी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी खटिएका थिए। तर अन्य दिनभन्दा फरक रुपमा विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारी भने, अवतरण भएको विमानबाट यात्रुहरु बाहिरिनेक्रम सुरु भयो। एसएसपी भण्डारीले भने ‘अरु यात्रु झैं पक्राउ परेका पाकिस्तानी नागरिक कालो सुटकेस गुडाउँदै विमानबाट यता उता हेर्दै निस्किए।’

कतारको दोहाबाट आएको क्यु आर ६४४ विमान बिहान ८स्२४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि पूर्व सूचनाको आधारमा अप्रेशनमा खटिएको प्रहरी टोलीले अन्तत नक्कली भारतीय रुपैयाँले भरिएको सुटकेससहित तीनजना पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गर्न सफल भएको एसएसपी भण्डारीले बताए। तर पूर्व सूचनाका आधारमा यहाँ अप्रेशनमा जुटेका प्रहरी टोलीलाई थप अरु व्यक्तिको संलग्नता हुन सक्ने भन्दै अनुसन्धानलाई नयाँ मोड दिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।