ओम्नीको ६ करोड धरौटी जफत, २० करोड भुक्तानी दिने सरकारको तयारी


काठमाडौं– गुणस्तरहीन किट उपलब्ध गराएको र सम्झौताबमोजिम समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको भन्दै सम्झौता खारेज गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलाई सरकारले भुक्तानी दिने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागले उक्त कम्पनीलाई विना प्रतिस्पर्धा १ अर्ब २४ करोडको सामान खरिद गर्ने जिम्मा दिएको थियो ।

विभागले ओम्नीसंग गरेको सम्झौता बजार मुल्यभन्दा धेरै रहेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सम्झौता रद्द गर्ने, कम्पनीलाई कालोसुचीमा राख्ने र धरौटी समेत जफत गर्ने निर्णय भएको थियो ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले ल्याएको स्वास्थ्य सामाग्रीको २० करोड रुपैया भुक्तानी दिने तयारी रहेको बताए । उनले ओम्नीले ल्याएको किटको परीक्षण गर्ने र आपूर्ति गरेको सामानको रकम भने भुक्तानी दिने तयारी रहेको जानकारी दिए ।

विबादित कम्पनीले ओम्नीले सरकारलाई गुणस्तरहिन र महंगो मुल्यमा सामाग्री दिएको प्रमाणित हुंदा समेत अहिलेसम्म उसलाई कालोसुचीम राख्ने काम भएको छैन् । प्रधानमन्त्री ओली निकट सल्लाहकार नै ओम्नीलाई बचाउन लागिरहेको स्रोतको दाबी छ ।

स्वास्थ्य सामाग्रीको कारोबार नै नगरेको उक्त कम्पनीलाई प्रधानमन्त्रीको सल्लाहकारहरुकै मिलेमतोमा ठेक्का दिइएको आरोप लागेको थियो । सरकारले ओम्नीले राखेको ६ करोड धरौटी जफत गरेर २० करोड दिने तयारी गरेपछि सामाजिक संजालमा आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement