५८ स्वर्णसहित नेपाल प्रहरीले जित्यो १ सय ६६ पदक


काठमाण्डु – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा हालसम्म नेपाल प्रहरीले १ सय ६६ पदक जितेको छ । विहीबार बिहानसम्म प्रहरीले भारोत्तोलन, तेक्वान्दो, कराते, जुडो, टेबल टेनस, एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट लगायतका विभिन्न खेलमा गरि ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी सो संख्यामा पदक जितेको हो ।

प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, ३ रजत र ८ कास्य, टेबल टेनिसमा ६ स्वर्ण, २ रजत र १ कास्य, एथलेटिक्समा २ स्वर्ण, ४ रजत र ४ कास्य, ब्याडमिन्टनमा २ स्वर्ण, २ रजत र २ कास्य जितेको छ ।

यसैगरी, महिला भलिबलमा १ रजत, बुद्धिचालमा ३ रजत, लन टेनिसमा १ रजत र २ कास्य, ट्रायथलनमा १ रजत र १ कास्य, तथा आईटिएफ तेक्वान्दोमा ४ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको हो ।

त्यस्तै, पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्याक्ट करातेमा १ स्वर्ण, १ रजत र ३ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, सुटिङमा १ स्वर्ण, १ रजत र ३ कास्य, आर्चरीमा १ स्वर्ण, २ रजत र १ कास्य, बक्सिङमा १ स्वर्ण, १ रजत र १ कास्य जितेको छ ।

नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ २२ स्वर्ण, २४ रजत र ३० कास्य, पुरूषतर्फ ३४ स्वर्ण, २५ रजत र २५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement