नेपाल एएफसी यू-२० एसियन कप-२०२५ छनोटबाट बाहिरियो

नेपाल एएफसी यू-२० एसियन कप-२०२५ छनोटबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ बाट बाहिरिएको छ । शुक्रबार खेलिएको चौथो खेलमा नेपाली टोली बहराइनसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । बहराइनले नेपाललाई ४–० गोलले हरायो ।

जारी छनोट प्रतियोगितामा नेपालले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाली टोलीले आयोजक चाइनिज ताइपेइलाई ३–१ गोलले हराएको थियो । खेलमा नेपालका लागि समिर तामाङले ह्याट्रिक गरेका थिए । तेस्रो खेलमा भने उज्बेकिस्तानले नेपाललाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल र बहराइन समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा दुई खेलबाट ६ अंक बटुलेको उज्बेकिस्तान पहिलो, तीन खेलबाट ६ अंक जोडेको कम्बोडिया दोस्रो, तीन खेलबाट ६ अंक हात पारेको बहराइन तेस्रो, चार खेलबाट तीन अंक बटुलेको नेपाल चौथो र दुबै खेलमा पराजित भएको चाइनिज ताइपेइ पाँचौँ स्थानमा छन् । नेपाल र ताइपेइबाहेक अन्य टोलीको अगाडि बढ्ने सम्भावना जिवितै छ ।