चीनमा पटाका उद्योगमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु

चीनमा पटाका उद्योगमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनको हुनान प्रान्तस्थित एक पटाका उद्योगमा बिस्फोट हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । घटनामा ६१ जना घाइते भएको चीनको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दक्षिणी शहर लिउयाङस्थित हुवासेङ पटाका उद्योगमा आगलागीपछि प्रहरीले ३ किलोमिटर क्षेत्र आसपासका मानिसहरुलाई उद्धार गरेको छ । झन्डै १५ सयजनाको आपतकालीन उद्धार टोली सरकारले खटाएको छ । बिस्फोटले क्षति पुगेका स्थानको भग्नावशेषबाट सातजनालाई उद्धार गरिएको छ ।

प्रहरीले यस घटनाबारे थप अध्ययन गरिरहेको सरकारी सञ्चारमाध्यमहरुले बताएका छन् ।