उपमेयरकोे गाडीमा आगजनी


कावासोती – नवलपरासीको कावासोतीमा उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी भएको छ ।

नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले पट्रोल छर्केर आगजनी गरेका हुन् ।

आजगनीबाट लु १ झ ३२१ नम्बरको स्कार्पियोको पछाडिको भाग सामान्य जलेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ । यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ ।

क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement