काठमाण्डुको सिग्मा कलेजमा आगलागी

काठमाण्डुको सिग्मा कलेजमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ग्यास लिक भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा निभाएको हो । घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाण्डुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार न्यौपाने र कमाठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्युरोडबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनबहादुर सुवेदीको कमान्डमा खटिएको सुरक्षा फौज आगलालगी नियन्त्रणमा जुटेको थियो।