काठमाण्डु- २४ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् , खेल दिउँसो २ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा यसअघिको पाँच भेटमा पुलिसँग सहारा पराजित भएको छ । सहारा मंगलबार त्यो सबै हारलाई बिर्सेर नयाँ सुरुवातको योजनामा छ ।
सहारा सुशिल लामाको कप्तानीमो मैदान उत्रनेछ भने पुलिस क्लबको नेतृत्व भजे राम वाजीले गर्नेछन् ।
१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लब छन् । यस्तै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया