काठमाण्डु-२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा सोमबार साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ ।
पोखरा रगंशालामा खेल दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन आर्मी चर्च ब्वाइजलाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा मैदान उत्रनेछ । चर्च ब्वाइजले भने प्रि–क्वार्टरफाइनलमा सडन डेथमा एनआरटीलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो ।
यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया