काठमाण्डु- २४औं आहरारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
थ्रीस्टार र ब्ल्याक बुल्स दुवै एक–एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् ।
बिहीबारको विजेता र नेपाल पुलिसबीच उपाधिका लागि शनिवार फाइनल हुनेछ ।
मनाङ मस्र्याङ्दीसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले नगद १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया