धुमको नयाँ सिरिजमा आमिरको चासो


मुम्बई – भनिन्छ, हरेक शुक्रबारले फिल्म स्टारको भाग्य बदलीदिन्छ । कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् ।

किङ खानको करियर पुनः सही बाटोमा आएको छ । अब भने शाहरुखको बक्सअफिस सफलताको बाटोलाई अर्का अभिनेता आमिर खानले पनि पछ्याउने भएका छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ थियो । यो फिल्म फ्लप भयो र यो फ्लपसँगै आमिरले अभिनयबाट ब्रेक लिने नै निर्णय लिए । उनी आजकल परिवारसँग समय बिताइरहेका छन् ।

यही बेला आफ्नो करियरलाई पुनः ट्रयाकमा ल्याउनका लागि उनले शाहरुखको पाइला पछ्याउने भएका छन् । उनी यशराज फिल्मस्को एक्सन इन्टरटेनर फिल्म ‘धूम’को नयाँ सिरिजमा देखिँदैछन् ।

आमिर ‘पठान’को सफलताबाट प्रभावित छन् । उनलाई सलमान खानको फिल्म ‘टाइगर ३’ पनि ब्लकबस्टर हुन्छ भन्ने थाहा छ । यहीकारण उनले हालै निर्माता आदित्य चोपडासँग भेटेर ‘धुम’को नयाँ सिरिजको बारे कुराकानी गरेका छन् ।

हालैमात्र एक अन्तरवार्तामा ‘पठान’का लेखक अब्बास टायरवालाले आमिर यशराज ब्यानरको स्पाई युनिभर्समा देखिन चाहेको खुलासा गरेका थिए । सलमान, शाहरुख र ऋतिक रोशन यसअघि नै स्पाई युनिभर्सको हिस्सा भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement